२९ भाद्र २०८३, सोमबार
,
Latest
कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा तीन तलाबाट खसेर महिलाको ज्यान गयो



अ+ अ-

भक्तपुर । तेस्रो तलाको भर्‍याङबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ।

मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ लोकन्थली रमाइलो चोकको एक घरको तेस्रो तलाबाट खसेर महिलाको निधन भएको हो । 

मृत्यु हुनेमा निर्माणाधीन घरमा काम गर्न बसेकी सिन्धुली दुधौलीकी ३० वर्षीया लीला सदा रहेकी छन् । 

उनको शनिबार राति सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

शनिबार बेलुकी खाना खाएर उनी छतमा सुत्न भनेर गएकी थिइन्।

त्यही क्रममा निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भर्‍याङबाट अचानक भुइँतलामा खसेर उनको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।