२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ सय ५२ संक्रमणमुक्त हुँदा, १६ सय ३ जनामा कोरोना पुष्टि



अ+ अ-

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा २५ सय ५२ संक्रमित निको भएका छन् । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या २७ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८७६ जनाको पिसिआर र ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट गरी ८ हजार १३२ परीक्षण गरिएको थियो । 

नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ४४ हजार ६२२ जनामा र एन्टिजेन परीक्षणबाट ३८ हजार ११७ जनामा कोरोना संक्रमण पाइएको छ ।

त्यसमध्ये ६ लाख ९ हजार २१८ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ९ हजार २२५ जनाको मृत्यु भएको छ ।