५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ राजदूतको भेटवार्ता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत छन सङले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान राजदूत सङले प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

राष्ट्रपति निर्वाचन नजिकिएका बेला राजदूत सङले प्रधानमन्त्री प्रचण्डलाई भेट गर्नुलाई अर्थपूर्ण मानिएको छ । यसअघि राजदूत सङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार साँझ बालकोटमा भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बुधबार भएको भेटमा राजदूत सङले प्रधानमन्त्रीलाई बोआओ फोरमका लागि निम्तो दिएको जानकारी दिनुभएको छ ।