११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

वर्तमान संरचनाबाट निगम अगि बढ्न सक्दैन : महाप्रबन्धक डिमप्रकाश पौडेल

वर्तमान संरचनाबाट निगम अगि बढ्न सक्दैन : महाप्रबन्धक डिमप्रकाश पौडेल
अ अ+ अ-

काठमाडौं।  नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले नेपाल वायु सेवा निगम अहिले जुन अवस्थाबाट गुज्रेको छ यसरी यही तरिकाबाट कुनै पनि हालतमा चल्न नसक्ने बताउनु भएको छ ।

निगम निजिकरण गर्न लागेको भन्दै त्यहाँ कार्यरत कर्मचारीहरु आन्दोलित भएपछि आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै महाप्रबन्धक पौडेलले धेरै विकल्पहरु मध्ये कम्पनी मोडल संसारमा अहिलेसम्मको प्रचलित मोडल भएको  तर, अहिलेको जस्तो न्युन पुंजी र अत्याधिक कर्जा लिएर कुनै पनि हालतमा भने कम्पनी मोडलमा जानु नहुने जनाउनुभयो । 

उहाँले  पहिला कर्जा तिरेर सम्पत्ती थप गर्ने अनि शेयर पुंजी बढाउँदै रणनैतिक योजनाका साथ मात्र कम्पनी मोडलमा जानुपर्ने उल्लेख गर्नुभयो । पौडेलले नेपाली श्रम सीप र योग्यताको विकासको लागि सुरुका केही बर्षमा विदेशी ख्याति प्राप्त वायुसेवा कम्पनीसंग रणनैतिक साझेदारी गरिनु पर्ने उल्लेख गर्नुभयो । उहाँले बिरोध गर्नेहरुले कुरा नबुझी  आफु अनुकुल ब्याख्या गरेर संस्था, मन्त्रालय र सरकारको खिल्ली उडाएको दाबी गर्नुभयो । 

उहाँले नेपाल सरकारले बजेट मार्फत नेपाल वायुसेवा निगमको संगठन सुधार गर्ने भनि गरिएको प्रतिबद्दता बमोजिम विभिन्न विकल्पहरुको अध्ययन गर्ने क्रममा कम्पनी मोडलमा सञ्चालन गर्नुपर्ने अवस्थामा प्रयोग हुने प्रवन्धपत्र नियमावलीको ढांचा तयार गरी असार १५ गते भित्र पेश गर्नु भने अनुसार संचालक समितिले एक उपसमिती तयार गरी सो उपसमितीले तयार गरेको रणनैतिक साझेदार सहितको ढांचा हुबहु मन्त्रालयमा पेश गरेको स्पष्ट पार्नुभएको छ ।
 
उहाँले यो कुनै कम्पनि मोडलमा लैजाने वा निगम निजिकरण गर्ने निर्णय नभएको जनाउनु भयो । संचालक समितिले पनि कुनै निर्णय नगरेको भन्दै संञ्चालक समितिका निर्णयहरु जहिले पनि नेपाल सरकारको निर्णयको अधिनस्त हुने हुनाले नेपाल सरकार को निर्णय नै निगमको लागि सर्वमान्य हुने स्पष्ट पार्नुभयो ।