११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

सरकार विरोधी राजनीतिक दलहरुलाई बाँदरको संज्ञा दिदैँ कोमल ओलीको व्यंयात्मक कविता (भिडियो सहित)

सरकार विरोधी राजनीतिक दलहरुलाई बाँदरको संज्ञा दिदैँ कोमल ओलीको व्यंयात्मक कविता (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल ओलीले राष्ट्रियसभाको बैठकमा सरकार विरोधी मोर्चामा सहभमागी राजनीतिक दलहरुलाई बाँदरको संज्ञा दिँदै व्यंयात्मक कविता बाचन गर्नुभएको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य ओलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र देशबासी परेका बेला सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको बताउनुभयो । धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उहाँले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भईकन जनतालाई जलस्रोतसंग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभई विगतका सरकारहरु भएको बिताउनुभयो । 

उहाँलेभ भन्नुभयो “यो बेलामा राष्ट्रका सबै शक्तिहरु एकठाउँमा उभिनु पर्देन ? कुन बेला झगडा गर्ने कुन बेलामा मिल्ने भन्ने प्राथमिकता हुदैन ? यो भन्दा बाँदर चरित्र के हुन्छ ? न आफ्नो घरब बनाउने न अर्काको घर बन्न दिने ? न अरुलाई गर्न दिने न आफुले गरेर देखाउने ? यसरी मुलुकको निर्माण कसरी हुन्छ ? जनताको सम्मृद्धि कसरी हुन्छ ?”

उहाँले आफुले पनि नगर्ने र अर्कालाईपनि काम गर्न नदिने चरित्र राजनीतिक दलहरुमा भएको भन्दै सरकार विरोधी मोर्चामा सहभागी दललाई लक्षित गर्दै ‘बाँदरको जमात र अमृत पानको सपना ’ शिर्षकको कविता बाचन गर्नुभयो । 

“बाँदरहरुको आफ्नो देश हुदैन बाँदरहरुको निश्चित भेष हुदैन ।
छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुदैन ।
कहिले मिलेका छन् कहिले फुटेका छन्
ईष्र्याको भट्टीमा आफैलाई भुटेका छन् ,
आँखाभरी लोभ पापको पिपासा बोकेर
आजकल बेबारिसे बाँदर विनासका मेलामा जुटेका छन् ।
अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए
सुन्दर घरबास बन्न सक्थे ।
आखिर बाँदर न हुन् ,
भोलीको प्रतिक्षा कहाँ गर्छन् ?
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यीनको ।।।
बाँदरहरु खेती गर्देनन्, बाली बिनास गर्छन् ।
कहिले ढेडुहरुसंग मिल्छन् कहिले गोईलानहरुसंग मिल्छन् ।
कर्मको कुटो नलगाउने यी बाँदरहरु
अमृतपान गर्ने सपना देख्छन् ।
बाँदरहरुको आफ्नो देश हुदैन बाँदरहरुको निश्चित भेष हुदैन ।
छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुदैन ।”