११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

प्रधानमन्त्री ओेलीको संगतमा परेर हाम्रो पार्टीका नेताहरुले छलछाम र जालझेल गर्न थालेः मृगेन्द्र सिं यादव

प्रधानमन्त्री ओेलीको संगतमा परेर हाम्रो पार्टीका नेताहरुले छलछाम र जालझेल गर्न थालेः मृगेन्द्र सिं यादव
अ अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीको राजनैतिक किचलोले राष्ट्रियसभाको बैठकमा प्रवेश पाएको छ । 

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य मृगेन्द्र सिं यादवले प्रधानमन्त्री केपी शर्मा ओेलीको संगतमा परेर आफ्नो पार्टीका नेताहरुले छलछाम  र जालझेल गर्न थालेको आरोप लगाउनुभएको हो ।

उहाँले भन्नुभयो “संगतसे गुण होत हे संगत से गुणजात, सम्माननीय प्रधानमन्त्रीको संगतमा परेर हाम्रो पार्टीको सन्त महन्तहरु पनि छलछाम  जालझेल र जालसांजीमा महारथ हासिल गर्नुभएको छ । ”

जनता समाजवादी पार्टीका अध्यक्ष महत्थ ठाकुरले किर्ते गरेर, नक्कली कागजपत्र तयार गरेर आफूलाई एकल अध्यक्ष भएको दाबी गरेको बताउनुभयो । सांसद यादव अहिले उपेन्द्र यादव समुहमा हुनुहुन्छ । उहाँले वर्तमान प्रधानमन्त्रीलाई हिन्दी भाषाको एक उखानमा तुलना गर्दे कमौरव वंशको जस्तो अन्त्य हुने ठोकुवा गर्नुभयो । 

सांसद यादवले हिन्दिमा राष्ट्रियसभाको बैठकमा भन्नुभएको हिन्दी भाषाको उखान यस्तो छ — “अहंकार से नास होत हे धर्म वैभव वंश, नमानो तो देखलो रावण कौरव कंस ”। जनता समाजवादी पार्टीबाट राष्ट्रियसभामा सदस्य हुनुभएका अर्का सांसद शेखर कुमार सिंहले महन्थ ठाकुर  समुहमा हुनुहुन्छ । राष्ट्रियसभा सदस्य प्रमिला कुमारी भने उपेन्द्र यादव समुहमा रहनुभएको छ । राष्ट्रियसभाको यो अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रमिला कुमारीले सरकारको विरोध गर्नुभएको थियो ।