२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलको बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक सुरु भएको छ । नेकपा एमालेको एकता जोगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको हो ।   

कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल रहेका छन् भने वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे रहेका छन्।

७ जेठदेखि बस्न नसकेको कार्यदलको बैठक आजै बस्ने स्रोतको दावि रहेको छ । कार्यदलको औपचारिक बैठक आजै सिंहदरबारमा बस्ने तयारी रहेको कार्यदलका एक सदस्यले बताए।

आइतबार राती प्रधानमन्त्री ओली र उपाध्यक्ष रावलबीच कुराकानी भएको थियो। बालुवाटारमा भएको छलफलमा रावलले कार्यदल व्यूउँताउन सुझाव दिएका थिए।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा परेका हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका थिए।तर रावलले हस्ताक्षर अदालती प्रक्रियामा गएकाले हस्ताक्षर फिर्ता लिन नसकिने बताएका थिए।