२९ मंसिर २०८२, सोमबार
,
Latest
‘एलार्गन’ औषधिको खरिद बिक्री फुकुवा सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन ‘भारत–नेपाल टुरिज्म मार्ट’अन्तर्गत गन्तव्य प्रवर्द्धन कार्यक्रम सुरु जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो नेपालबाट चोरिएका एक सय ९८ पुरातात्विक सम्पदा विदेशबाट फिर्ता ल्याइयो स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान हो– सभामुख



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जातजातिको धर्म, संस्कार र संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान भएको बताउनुभएको छ ।

शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको नयाँ वर्ष ९ग्याल्पो ल्होसार०का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले सो कुरा व्यक्त गर्नुभएको हो ।

“संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरेको छ”, यस पर्वले नेपालीका सबै चाडपर्व, भाषा, वेशभूषा, धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्वर्द्धन गर्न हामी सबैलाई थप हौसला प्रदान गरोस् भन्ने कामना गर्दछु”, सन्देशमा भनिएको छ ।

ग्याल्पो ल्होसार पर्वले नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने उहाँको कामना छ ।

सभाुमख घिमिरेले हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग रहेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक रहेको बताउनुभएको छ । नेपाली बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिकरूपमा रहेका र विविधतायुक्त हाम्रो समाज नेपालको संविधानमा देखिएको उहाँको भनाइ छ । रासस