२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आनी छोइङ्ग डोल्मा लगायतको टोलीद्वारा मनाङमा बाढीपहिरो प्रभावितलाई सहयोग प्रदान



अ+ अ-

मनाङ । चर्चित गायिका आनी छोइङ्ग डोल्मा, समाजसेवी कल्पना क्षेत्री, सामाजिक अभियन्ताहरु धावा ग्याल्जेन चुम्बा, छेवांग नेटुप चुम्बा लगायतको टोलीले मनाङका बाढीपहिरो प्रभावितलाई सहयोग गरेका छन् । 

सो टोलीले न्यानो कपडा र ज्याकेट तथा सोलार प्यानल सहितको टर्चबत्ति र मोबाइल चार्जर बाढीपहिरो प्रभावितलाई वितरण गरेका हुन् । 

प्रारम्भ सामाजिक संस्था र आनी छोइङ्ग डोल्मा फाउन्डेसन बाट जिल्ला सदरमुकाम चामे नगरपालिका, नार्सो गाउँपालिका एवं ताल, तिल्चे, बगरछाप, दानाक्यु लगायतका ठाउँमा उक्त सामग्री हस्तान्तरण गरी टोली काठमाडौं फर्किएको छ । 

मानविय क्षति नभए पनि भौतिक क्षति एवं मानसिक पीडा र त्यहाँको दर्दानक अवस्था रहेको उनीहरुले बताएका छन् ।