२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुर्लाकोटी र तिवारीलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय



अ+ अ-

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ १ जना र प्राविधिकतर्फ १ जना गरी २ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । 

प्रशासनतर्फ मधुसुधन बुर्लाकोटी र प्राविधिक तर्फ शुशिल चन्द्र तिवारीलाई सचिवमा बढुवा गरेको हो । बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए भने तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए ।

आइतबार सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि १ नम्बरमा बुर्लाकोटी २ नम्बरमा कृष्णहरी पुष्कर र ३ नम्बरमा खगेन्द्र प्रसाद नेपालको नाम सिफारिस गरेको थियो भने प्राविधिकतर्फ पनि बढुवा समितिले १ नम्बरमा तिवारी, २ नम्बरमा गोपाल सिग्देल र ३ नम्बरमा राजेन्द्र प्रसाद खनालको नाम सिफारिस गरेको थियो ।

बुर्लाकोटी र तिवारीको नाम यस अघि २ पटक बढुवाका लागि सिफारिस भइसकेको थियो । उनीहरु बढुवा भएसँगै रिक्त रहेका संघीय मन्त्रालय तथा प्रदेश प्रमुख सचिवमा पदस्थापन हुनेछन् ।