२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढुवा भएका दुई सचिवसहित पाँच सचिवको सरुवा (को कहाँ)



अ+ अ-

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेसँगै पदस्थापन पनि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले सोमबार नै सहसचिवबाट सचिवमा बढुवा भएका  शुशिल चन्द्र तिवारीलाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा पदस्थापन गरेको छ भने मधुसुदन बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको हो ।

यस्तै मन्त्रिपरिषद् बैठकले ३ जना सचिवको सरुवा गरेको स्रोतको दावि छ। उनका अनुसार सचिव तोया ज्ञवाली, रामकृष्ण सुवेदी र सुरेश आचार्यको सरुवा गरेको हो ।

सुदूर पश्चिम प्रदेश प्रमुख सचिव सुवेदीलाई उपराष्ट्रपति कार्यालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ज्ञवालीलाई राष्ट्रपति कार्यालय, र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान) मा आचार्यको सरुवा भएको हो ।