२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको बिदाइ



अ+ अ-

काठमाडौँ । महाशिवरात्रिमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा पशुपति क्षेत्र आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई बिदाइ गरिएको छ ।

शङ्कराचार्य निश्चलानन्द सरस्वती आज बिहान काठमाडौँबाट बनारस जानुभएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । उहाँले तीन दिनसम्म पशुपतिक्षेत्रमा प्रवचन गर्नुभएको थियो । यसैगरी पशुपतिनाथको दर्शनमा आएका साधुसन्तको पनि आज बिदाइ गरिँदै छ । अहिले पशुपति क्षेत्रमा बिदाइको तयारी भइरहेको छ ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आउने साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँशीसम्म गुठी संस्थान, पशुपति क्षेत्र विकास कोषलगायत संस्थाले आवास, भोजन र धुनी बाल्ने व्यवस्था गर्ने प्राचीनकालदेखिको परम्परा छ । त्यस अनुसार आज फागुन कृष्ण औँशीका दिन बिदाइ गर्न लागिएको उहाँले बताउनुभयो । साधु, सन्तलाई पदवी अनुसार दक्षिणा दिई बिदाइ गर्ने तयारी भएको जनाइएको छ ।

बिदाइपछि पशुपति क्षेत्रमा बस्न चाहने साधु, सन्तलाई संस्थान, कोषलगायत संस्थाले आवास, भोजन र धुनीको व्यवस्था गर्दैनन् । आजदेखि साधु सन्तले आफ्नै हिसाबले व्यवस्था गर्नुपर्ने जनाइएको छ । रासस