२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना महामारीको असरः कुमारी हल सदाका लागि बन्द



अ+ अ-

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण बाध्यात्मक रुपमा देशभरका सिनेमा हलहरु बन्द हुन थालेका छन् । 

क्यूएफएक्स चेनको जय नेपाल हल लकडाउनपछि नै बन्द भएको थियो । कोरोनाका कारण खर्च धान्न नसक्ने भएपछि क्यूएफएक्स चेनको कमलपोखरीमा रहेको दुई अडिटोरियमको ३७ वर्षको इतिहास बोकेको कुमारी हल पनि सधैंका लागि बन्द भएको छ । 

नेपाल चलचित्र संघका अनुसार हालसम्म २२ वटा सिनेमा हल सधैंका लागि बन्द भइसकेको छ भने  ३०र४० वटा सिनेमा हल पनि बन्द हुने अवस्थामा पुगेको छ । 

सिनेमा हल बन्द भएपछि हल सञ्चालकसहित करोडौं लगानी गरेर फिल्म बनाउने निर्माताले समेत ठूलो नोक्सानी ब्यहोर्नुपरेको छ ।