११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

मंगलबारबाट उपत्यकामा सबै सवारी साधन सञ्चालनमा (भिडियो सहित)

मंगलबारबाट उपत्यकामा सबै सवारी साधन सञ्चालनमा (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार देखि सबै प्रकारका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका तीन जिल्लामा लागु हुनेगरी सवारी साधनमा लगाउदै आएको जोर विजोर प्रणाली हटाउनुको साथै २५ सिट क्षमता भन्दा कमका सवारी साधनलाई पनि सञ्चालन अनुमति दिएपनि मंगलबार देखि सबै किसिमका सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हुन् । 

काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक तथा नीजि सवारी साधनले सीट क्षमता भन्दा बढी यात्रु राख्न पाउने छैनन् । कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था हुनुपर्ने  र सवारी साधनलाई अनिवार्य रुपमा दैनिक निसंक्रमित गर्नुपर्ने शर्त सहित जिल्ला प्रशासन कार्यालय काठमाणैले सवारी साधनको जोर विजोर प्रणाली हटाउदै सबै प्ररकारका सवारी सञ्चालनको अनुमति दिएको हो । तर उपत्यकाबाट लामो दुरीमा सञ्चालन हुने सवारी साधन अझै सञ्चालन अनुमति दिईएको छैन ।

जिल्ला प्रशासन कार्यालयले २५ सिट भन्दा माथिका सवारी साधनलाई मात्रै सञ्चालन अनुमति दिएपछि त्यस भन्दा कम सिट हुने ट्याम्पो, माईक्रोबस व्यवसायी तथा तीनमा कार्यरत मजदुर संगठनहरुले विरोध गर्दै आएका थिए । व्यवसायी र मजदुर संगठनको दबाब पछि प्रशासनले मातहतका निकायमा परामर्श गरि स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालनको अनुमति दिएको हो ।

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा नीजि सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने छ ।