२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोमलको कवितामा किशोरको कटाक्ष



अ+ अ-

काठमाडौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य तथा चर्चित लोक गायिका कोमल वलीले राष्ट्रियसभाको बैठकमा हिजो (सोमबार)  सुनाएको एउटा कविताले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया पाएको छ । 

राष्ट्रियसभामा उनले ‘बाँदरको जमात र अमृतापनको सपना’ शीर्षकको कविता वाचन गरेकी थिइन् ।

उक्त कवितालाई कटाक्ष गर्दै पत्रकार किशोर श्रेष्ठले आफू शुध्द भएर अरुतिर औंलो ठड्याउनुको मज्जा पो मज्जा भन्दै व्यंग्य गरेका छन् । उनले वलीको कवितालाई कटाक्ष गर्दै लेखेका छन्,

आफू शुध्द भएर अरुतिर औंलो ठड्याउनुको मज्जा पो मज्जा ! गरिमामय सँसदमा जीवनका आरोह अवरोह झेल्दै उत्तरार्धमा पुगिसकेका पितासमान नेताहरुउपर लान्छनायुक्त 'बाँदर' र 'छेपारा' को कविता वाचन गर्न थाल्नुहुने माननीयज्यूको शाह थरका राजपरिवार निकट अनेक सदस्यदेखि हङ्गकङ्गसम्मका लाहुरे,ब बाट नाम उठेका काङ्ग्रेस,कम्युनिस्टदेखि इ बाट नाम शुरु हुने वाम नेता र श्र बाट श्री गणेश हुने गृह प्रशासनका प्रमुख अनि स र श का सारथी फौजका हाकिमहरु र चुनिएका ब्यापारीहरुसम्मको अन्तरङ्ग कथा,मह जोडीरगणेश गुरुङ्गहरुसहित इजरायल गएको बेलाका एक एक पल,टेलिफोन कल,स्थान,परिवेश,साक्षी,मिति अनि कोशेली संकलनसम्मका प्रकाशित प्रसङ्गहरु फेरि पुनर्मुद्रण गर्ने भन्दैछन् बिमस र केही पूर्व सुरक्षा प्रमुखहरु ! देश नेताले मात्रै बिगारेका हुन् ? अरुको हातै छैन यसमा ?
देश र जनताको निम्ति नीति निर्माण गर्ने थलो पो हो त राष्ट्रिय सभा,त्यहाँ त्यही लेभलको सैद्धान्तिक बहस गर्नु नि,आफ्नो धरातल र बिगत बिर्सेर ठाउँ कुठाउँ सस्तो मनोरञ्जन गर्न त नहुने हो नि भन्छन् दाङ्गका साथीहरु !