११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको भिमाद उत्कृष्ट

कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको भिमाद उत्कृष्ट
अ अ+ अ-

तनहुँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनअनुसार कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको भिमाद नगरपालिका उत्कृष्ट भएको छ । आयोगले आर्थिक वर्ष २०८०/०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कनमा भिमाद नगरपालिका उत्कृष्ट भएको हो ।

आयोगले विभिन्न १७ वटा सूचकका आधारमा देशभरका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गरेकामा भिमाद नगरपालिका प्रथम भएको हो । भिमाद नगरपालिकाले ७१ दशमलव ९२ अङ्क प्राप्त गरेको छ । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले आयोगको सूचकका आधारमा नगरपालिकाले उत्कृष्टता हासिल गरेको जानकारी दिए ।

कार्यसम्पादन मूल्याङ्कनमा आँबुखैरेनी गाउँपालिका तेस्रो भएको छ । आँबुखैरेनीले ६३ दशमलव ६१ अङ्क प्राप्त गरेको छ । त्यस्तै व्यास नगरपालिकाले ५७ दशमलव ९०, म्याग्दे गाउँपालिकाले ५६ दशमलव २०, ऋषिङ गाउँपालिकाले ५३ दशमलव ९७, बन्दीपुर गाउँपालिकाले ५२ दशमलव ८६, देवघाट गाउँपालिकाले ४९ दशमलव ९२, घिरिङ गाउँपालिकाले ४८ दशमलव ५८, शुक्लागण्डकी नगर पालिकाले ४५ दशमलव ८७ र भानु नगरपालिकाले ४५ दशमलव ६७ अङ्क प्राप्त गरेको छ ।

विसं २०७९ असार १० गतेभित्र आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको अनुमान सम्बन्धित सभामा पेस गरेरनगरेकोलाई पहिलो सूचक बनाइएको छ । आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०७९ असार मसान्तभित्र पारित गरे नगरेकोलाई दोस्रो सूचक बनाइएको छ ।

स्थानीय तहले घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करवापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिकरूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे नगरेकोलाई तेस्रो सूचक बनाइएको छ । स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरेरनगरेकोलाई चौथो सूचक बनाइएको छ ।

स्थानीय तहले आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्तसम्बन्धी विवरण २०७९ कात्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेकोलाई पाँचौँ सूचक बनाइएको छ । आव २०७८/०७९ को राजस्व सङ्कलनको प्रक्षेपित लक्ष्य, आव २०७८/०७९ को यथार्थ राजस्व सङ्कलन रकम, आव २०७७/०७८ को यथार्थ राजस्व सङ्कलन रकम, आव २०७८/०७९ मा कुल विनियोजित रकम, आव २०७८/०७९ मा कूल पूँजीगत विनियोजित रकम, आव २०७८/०७९ मा कूल पूँजीगत खर्च रकम, आव २०७७र०७८ मा कायम भएको बेरुजु रकम, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे/नगरेको, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे नगरेकोलाई सूचक बनाइएको छ ।

शैक्षिक सत्र २०७९ मा कक्षा १ देखि ८ सम्मको औसत खुद विद्यार्थी भर्नादर, शैक्षिक सत्र २०७८ मा कक्षा ८ मा रहेका विद्यार्थी सङ्ख्या, शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा रहेका विद्यार्थी सङ्ख्या, शैक्षिक सत्र २०७८ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कूल विद्यार्थी सङ्ख्या, आव २०७८र०७९ मा चारपटक गर्भजाँच गर्ने महिलाको सङ्ख्या, आव २०७८र०७९ मा २४ महिनासम्मका बालबालिकाको अनुमानित सङ्ख्या, पूर्णखोप पाएका बालबालिकाको सङ्ख्यालाई सूचक बनाइएको छ ।