११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

‘बजेट पारित भएपछि सरकारले पूर्णता पाउने’

‘बजेट पारित भएपछि सरकारले पूर्णता पाउने’
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले  प्रदेशवासीको समृद्धिका लागि सरकारले यात्रा प्रारम्भ गरेको बताउनुभएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अप्ठ्यारो अवस्थामा गठित वर्तमान सरकारले सबैको साथ र सहयोग लिएर समृद्धिको जनचाहना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो  । उहाँले बजेट प्रदेश सभाबाट पारित भएपछि सरकारले पूर्णता प्राप्त गर्ने र कार्यविभाजन गरिने जानकारी दिनुभयो । 

सरकारका प्रवक्ता एवम् शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले सरकार गठनको छोटो समयमा नीति कार्यक्रम र बजेट ल्याइएको बताउँदै  प्रदेश सभा सञ्चालन गरेर बजेट माथि छलफल शुरु गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सबै डकुमेन्ट तयार गरिसकेका छौँ, अब सदन बोलाएर बजेटमाथिको छलफल शुरु गरी असार ३० गते निर्णयार्थ पेश गर्ने तयारीमा छौँ ।”सरकारले लोककल्याणकारी कामका लागि बजेट रकमान्तर गरेपनि बजेट दुरुपयोग नहोस् भन्नेमा सचेत रहेको भन्दै सम्बन्धित  मन्त्रालय एवम् कार्यालयका प्रमुखलाई नियमभन्दा बाहिर नजान निर्देशन दिइएको उहाँले स्पष्ट पार्नुभयो । 

मन्त्रिपरिषद्ले हालै गरेका निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता खड्काले मन्त्रिपरिषद्का सदस्य र सचिवहरूको आवास व्यवस्थापनका लागि मापदण्ड तय गर्न भौतिक पूर्वाधार मन्त्रालयको शहरी विकास शाखालाई दिने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी प्रदेश सरकारले खरीद गर्ने सवारी साधनमा एकरुपता कायम गर्दै मितव्ययीतता अपनाउने र मूल्य एवम् क्षमतामा एकरुपता ल्याउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । 
मन्त्रिपरिषद् बैठकले विपद् व्यवस्थापन र द्रुतप्रतिकार्यका लागि स्वास्थ्यमन्त्री मधुमाया अधिकारीको संयोजकत्वमा ‘टास्क फोर्स’ गठन गर्ने निर्णय गरेको छ । सो समितिमा विनाविभागीय मन्त्रीद्वय हरिशरण आचार्य र दीपक मनाङे, कानून सचिव सदस्य तथा  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव रामेश्वर अर्याल सदस्य सचिव रहनुभएको छ । 

मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नवलपरासी पुलिङटार गाउँपालिका–३ निवासी खड्गबहादुर कुमाललाई नियुक्त गरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । यसैगरी मुख्यमन्त्रीको प्रेस संयोजकमा पुतलीबजार नगरपालिका–१३ स्याङ्जा निवासी भरत कोइरालालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्ले स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा खिमबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले जानकारी दिनुभयो ।