२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो चिज खानुहोस्, डाक्टरकहाँ धाउनुपर्दैन



अ+ अ-

काठमाडौं । दिनको एउटा स्याउ खाँदा डाक्टरकहाँ धाउनुपर्दैन भन्ने पुरानो आहान नै छ । वास्तवमा स्याउ एकदमै स्वस्थकर खानेकुरा हो । 
स्याउमा एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड प्रशस्त पाइनछन् । यसमा भएको फाइटोन्युट्रिएन्टले धेरैथरी फाइदा गर्छ । 

स्याउमा धेरै पानी र फाइबर हुन्छ । त्यसैले यसलाई पूर्ण आहार बनाउँछ । अझ यसमा भएका प्राकृतिक कम्पाउन्डले तौल घटाउन मद्दत गर्छ । 

स्याउमा सोलुबल फाइबर हुनाले मुटुरोगको सम्भावना घटाइदिन्छ र यसले कोलेस्ट्रोल स्तर पनि घटाउँछ । अझ, यसमा भएको पोलीफेनोलले रक्तचाप घटाउँछ ।

पेटको अग्न्याशय ९प्यानक्रियाज० मा भएको बिटा सेलहरूको टिस्युमा क्षति पुग्नबाट बचाउनका लागि स्याउमा भएको पोलीफेनलले मद्दत गर्छ ।

स्याउमा भएका प्राकृतिक कम्पाउन्डले क्यान्सरसँग लड्न मद्दत गर्छ । केही अध्ययनहरूले स्याउ र क्यान्सर घटाउने बीचको सम्बन्धलाई देखाएका छन् ।

स्याउमा भएको एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्ट कम्पाउन्डले दमबाट बचाउँछ । 

स्याउमा भएको फाइबरले राम्रो ब्याक्टेरिया जन्माउँछ र यसले शरीरलाई मोटोपना, टाइप टु मधुमेह तथा मुटुरोगबाट बचाउँछ । 

स्याउको रसले बुढ्यौली तथा मानसिक रोग हटाउँछ । यसले न्युरोट्रान्समिटर घटाउन रोक्छ । न्युरोट्रान्समिटरले हाम्रो स्मरणशक्तिलाई राम्रो बनाउँछ ।

स्याउले हाडलाई पनि बलियो बनाउँछ ।