२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२०: स्पेनलाई टाइब्रेकरमा हराएर इटाली फाइनलमा



अ+ अ-

लन्डन । युरो २०२० को फाइनलमा इटाली प्रवेश गरेको छ । स्पेनलाई टाइब्रेकरमा ४ २ ले हराउँदै इटाली फाइनलमा प्रवेश गरेको हो । मंगलबार लन्डनस्थित वेम्बली रंगशालामा भएको सेमिफाइनलमा स्पेनका लागि अल्भारो मोरोटा पेनाल्टीमा गोल गर्न चुकेलगत्तै जोर्जिन्होले इटालीका लागि निर्णायक गोल गरेका थिए । पछिल्ला ३३ खेलमा अपराजित इटालीले फेडरिको चिसाको गोलले ६० औं मिनेटमा अग्रता लिएको थियो ।

खेल सकिन १० मिनेट अगाडि सब्स्टिच्युटका रुपमा आएका मोराटाले बराबरी गोल गरे । ९० मिनेटमा बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसमा पनि गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।

युभेन्ट्सका फरवार्ड मोराटा पेनाल्टीमा चुकेपछि स्पेन ठूला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पहिलो पल्ट पराजित भयो । रोबर्टो मानचिनीको इटाली पछिल्ला १३ खेलमा लगातार विजयी रहेको छ र फाइनल प्रवेशका लागि टिम पूर्णतस् हकदार देखिन्छ । अब आइतबार वेम्बलीमै हुने उपाधिको भिडन्तमा इटालीले इंग्ल्यान्ड अथवा डेनमार्कको सामना गर्नेछ । दोस्रो सेमिफाइनल बुधबार हुँदैछ ।