११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

एमाले कार्यदलको बैठक सम्पन्न, छलफल निश्कर्ष उन्मुख (भिडियो सहित)

एमाले कार्यदलको बैठक सम्पन्न, छलफल निश्कर्ष उन्मुख (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सम्पन्न भएको छ ।  सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा बसेको बैठक केहीबेर अघिमात्र  सम्पन्न भएको हो । 

आजको छलफल निश्कर्षउन्मुख रहेको वार्तामा सहभागी एक नेताले जानकारी दिए ।  पार्टीको गत शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता लिनको लागि माधव नेपाल पक्षलाई निर्देशन दिएको थियो । 

तर, नेपाल पक्षले हस्ताक्षर कुनैपनि हालतमा फिर्ता नलिने बताइसकेपछि पार्टीमा थप विवाद उत्पन्न भएको हो । नेपाल पक्षले राखेका माग पूरा गर्नको लागि अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेपछि विवाद समाधनतर्फ उन्मुख भएको छ ।

आजको बैठकमा नेताहरुबीच समस्या समाधानको लागि सुक्ष्म रुपमा छलफल भएको र भोलि बैठक बसेर सहमति गरिने स्रोतले बताएको छ ।  पार्टीलाई २०७५ जेठ २ कै संरचनाअनुसार अगाडि बढाउनेमा सहमति हुने बुझिएको छ । 

यस्तै माओवादी केन्द्र छाडेर एमालेमा समाहित भएका नेतालाई व्यवस्थापन गर्ने विषयमा पनि सहमति नजिक पुगिएको बताइएको छ ।