१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन… भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

उप–सहायक विदेशमन्त्री अख्तर र परराष्ट्र सचिव पौड्यालबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने उप–सहायक विदेशमन्त्री अफ्रिन अख्तर र परराष्ट्र सचिव भरतराज पौड्यालबीच भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटमा उहाँहरूबीच नेपाल–अमेरिका सहकार्य र आपसी हितका अन्य विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । उप–सहायक विदेशमन्त्री अख्तर सोमबार नेपाल भ्रमणमा आउनुभएको हो ।

यसैगरी उप–सहायक विदेशमन्त्री अख्तरले भ्रमणका क्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै उहाँले नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्नुहुने बताइएको छ ।

यसैगरी उप–सहायक विदेशमन्त्री अख्तरले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा र लोकतन्त्र, मानवाधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने सम्बन्धमा पनि छलफल गर्नुहुनेछ । रासस




भर्खरै