काठमाडौं । बुधबार ठमेल जेपि मोड स्थित ५ जना चाईनिज नागरिकहरु जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । लैनचौरवाट विशेष टोलीद्वारा जेपि मोडमा चाईनिज नागरिक HE.XIAOLONG ले संचालनल गरेको XIA XIANG होटलबाट पक्राउ गरेको हो ।
चाईनिज नागरिकहरुबाट एक लाख २३ हजार नगद, विभिन्न किसिमका ताससहित जुवातास खेल्न प्रयोग गरिने सामान बरामद भएको प्रउ रमेश कुमार वस्नेतले बताउनु भएको छ ।
चिन देशका हाल काठमाडौं जिल्ला का.म.न.पा.वडा नं २६ ठमेल बस्दै आएका राहधानी नं. E99833123 को बहाक HE.XIAOLONG, राहधानी नंम्बर ED 5088217 को बहाक PI.CHAUNXTN , राहधानी नंम्बर E0 9236802 को बहाक HU.WENBIN , राहधानी नं EC 3454984 को बहाक HE FUYU, LI XIAO TONG पक्राउ परेका छन् ।