२९ भाद्र २०८३, सोमबार
,
Latest
संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाका कारण उद्योगी अग्रवालको निधन



अ+ अ-

झापा । कोभिड–१९ सङ्क्रमणका कारण जिल्लाका पुराना तथा दर्जनौँ उद्योगका सञ्चालक पर्शुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति ६२ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको सिलिगुडीस्थित महाराजा अग्रसेन नर्सिङहोममा बुधबार राति निधन भएको हो ।

उहाँको शवलाई आज बिहान भद्रपुर ल्याएर नेपाल स्काउटको टोलीले दाहसंस्कार गरेको परिवारले जनाएको छ । केही समयअघि स्वास्थ्यमा समस्या आएपछि मेची अस्पतालमा उहाँको पिसिआर परीक्षण गराइएको थियो । गत जेठ ३१ गते अग्रवाललाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै होमआइसोलेशनमा बसेर उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि उहाँलाई यही असार ४ गते सिलिगुडी लगिएको थियो । उपचारकै क्रममा नर्सिङहोममा उहाँको निधन भएको हो ।

विसं २०१६ मा जन्मिएका अग्रवालले भद्रपुरमै बसेर व्यापार व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो । शुरुमा घरमै ‘घडी बिडी’को उद्योग स्थापना गर्नुभएका उहाँले हाल मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कूल, गुट्खा उद्योग, घडी बिडी उद्योग, होटल, सिनेमा हललगायत सञ्चालन गर्दै आउनुभएको छ ।

मोहपाल धर्मशाला, भद्रपुर मारवाडी सङ्घ, भद्रपुर गौशाला र जिल्लाका विभिन्न मठमन्दिर बनाउन अग्रवालको ठूलो योगदान रहेको पत्रकार गोपाल गिरी बताउनुहुन्छ । अन्य जिल्लामा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको दर घटे पनि झापामा भने दैनिक कोरोना सङ्क्रमणकै कारण तीनदेखि चार जनाको मृत्यु भइरहेको छ । रासस