२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनयुद्ध दिवसका नाममा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णयप्रति आपत्ति



अ+ अ-

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले वाग्मती र कर्णाली प्रदेशमा ‘जनयुद्ध दिवस’ को अवसर भन्दै भोलि फागुन १ गते दिइएको सार्वजनिक बिदाप्रति तीव्र असहमति र गम्भीर आपत्ति प्रकट गरेको छ ।

वाग्मती प्रदेश सरकारले माघ २४ गते र त्यसभन्दा अघि कर्णाली प्रदेश सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

“यो विवादास्पद निर्णयले लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकूल छ भन्ने शान्ति समाजको धारणा रहेको छ”, समाजले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

यसैगरी समाजले माघ २७ गते काठमाडौँमा राष्ट्रपति विद्यादेवी भण्डारीको आवागमनको सन्दर्भलाई जोडेर सडकमा निस्किएको भन्दै चिकित्सक कुट्ने प्रहरी कृत्यको निन्दा गरेको छ ।

राजतन्त्र उन्मूलन भइसकेपछि पनि त्यसैको अवशेषका रुपमा नागरिकलाई सास्ती दिनेगरी कायम रहेको कथित ‘सवारी’ प्रक्रिया लोकतान्त्रिक गणतन्त्रको मर्म विपरित रहेको समाजले जनाएको छ ।