६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य अवस्था सामान्य भएपछि ‘द भ्वाइस अफ नेपाल’ को निर्णायकमा श्रेष्ठ फर्किए



अ+ अ-

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ को निर्णायकको रूपमा रहेका गायक दीप श्रेष्ठ फर्किएका छन्। कोरोना संक्रमित भएर श्रेष्ठ लामो समय गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सेट बाहिर रहेका थिए । आफ्नो स्वास्थ्य अवस्था सामान्य भएपछि उनी कार्यक्रममा फर्किएका हुन् ।

आगामी शुक्रबार र शनिबारको एपिसोड देखि श्रेष्ठलाई कोचको रुपमा देखिनेछ । श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल ’ को सेटमा उपस्थित हुन नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’ का रूपमा राजेशपायल राईलाई ल्याइएको थियो। यो सातादेखि ‘द भ्वाइस अफ नेपाल’ ३ लाइभ राउण्ड प्रसारण हुनेछ।