५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको लेकसाइडमा आगलागी, नियन्त्रणको प्रयास जारी



अ+ अ-

पोखरा । पोखरा महानगरपालिका–६ लेकसाइडको हल्लनचोकमा आगलागी भएको छ ।

हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईँतलामा रहेको गोदाममा आगलागी भएको हो । आज ४ः३५ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको र अझै नियन्त्रणमा लिन नसकिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

पोखरा विमानस्थल र पोखरा महानगरको वारुणयन्त्र घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागी नियन्त्रणका लागि वारुणयन्त्रसहित सुरक्षाकर्मी र स्थानीय लागिपरे पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी भएको भवनमा हिमालयन जाभा क्याफे, नबिल बैंङ्कको शाखासहित विभिन्न बैँक तथा वित्तिय संस्थाका एटिएम मेसिनसमेत छन् । सेलवेजमा आगलागीपछिसँगैका पसलहरूबाट व्यापारीहरूले सामान बाहिर निकालिरहेका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ । रासस