३१ जेष्ठ २०८३, आईतवार
,
Latest
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल महिला र दलितलाई बेग्लै निर्वाचन क्षेत्र निर्धारण गर्न जनमोर्चाको प्रस्ताव बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु बागमती प्रदेशसभा बैठकः प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ कतारको प्रतिनिधिमण्डल तेहरानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्रुत गतिमा उद्धार हुन नसकेको राष्ट्रपतिको स्वीकारोक्ति



अ+ अ-

एजेन्सी । टर्कीएका राष्ट्रपति सिसेप तैएप एर्डोगानले भूकम्प प्रभावित क्षेत्रमा अपेक्षा गरिएअनुसार सरकारीस्तरमा खोज तथा उद्धार द्रुत गतिमा हुन नसकेको स्वीकार गरेका छन् । गत सोमबारको भूकम्पबाट देशका १० प्रान्तमा अकल्पनीय क्षति भएको छ ।

“धेरै भवनहरू क्षतिग्रस्त भएका छन्, दुर्भाग्यवश हामीले अपेक्षाकृत द्रुत गतिमा उद्धारका काम गर्न सकेनौँ,” भूकम्पबाट अति प्रभावित दक्षिणी शहर आदिमानको भ्रमणपछि उनले भने । आजै उनी यहाँको बस्तुस्थिति बुझ्न आएका हुन् ।

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।