११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो : प्रम ओली (भिडियो सहित)

हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो : प्रम ओली (भिडियो सहित)
अ अ+ अ-

 काठमाडौ । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कुलपति केपी शर्मा ओलीले प्रकृति प्रदप्त साधन स्रोत र पुर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिकहरु सक्षम रहेको बताउनु भएको छ ।

नास्टद्वारा गत वर्ष विज्ञान र प्रविधिका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्तिहरुलाई सम्मान गर्न बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले हरेक नागरिकलाई आआफ्ना प्रतिभा पत्ता लगाउने र  रुचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनु पर्ने बतानुभयो । 

समृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय आकांक्षा  पुरा गर्न अभाव र विभेद रहित, शान्त सभ्य र मानवीयता युक्त समाज आवश्यक भएको बताउँदै उहाँले सभ्यताको गौरवपूर्ण इतिहास एवं वैदिककालमा रहेको समतामुलक समाज जरुरी भएको उहाँले बताउनुभयो । 

‘हामीे मानवीय आवश्यकता परिपूर्ति भएको समाज निर्माण गर्न चाहन्छौ भने हरेकलाई प्रतिभा प्रस्फुटन गर्ने अवसर उपलब्ध हुनुपर्छ’, उहाँको भनाई थियो ।  देशमा शिक्षा आर्जन गर्ने अधिकरार ७० वर्षअघि मात्रै प्राप्त  भए पनि विज्ञानको क्षेत्रमा क्रमशः प्रगति भइरहेको भनाई  पनि प्रधानमन्त्रीको थियो । यसै क्रममा देशले २०४० सालदेखि प्राविधिक शिक्षाको सुरुवात, नास्ट, कृषि अनुसन्धानका लागि नार्कको स्थापना तथा  नेपाली वैज्ञानिकले खोज अनुसन्धान सुरु गर्न थालेको पनि उहाँले बताउनुभयो । 

देशले विज्ञान प्रविधिको  क्षेत्रमा फड्को मारेकै कारण आफ्नो दोसं्रो मृगौला प्रत्यारोपण स्वदेशमै सफल भएको भनाई प्रधानमन्त्रीको थियो । ‘हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो । बाहिरका डाक्टरहरुले केही समय डायलाइसिस मै बस्नुपर्ने जस्तो कुरा गरेका थिए, यहाँका डाक्टरले हामीेले गर्छौ भने’ । पहिलो पटक गर्दा बारम्बार संक्रमणहरुले सताउने गरे पनि दोस्रो पटकको प्रत्यारोपण पछि भने त्यस्तो संक्रमण झेल्नु नपरेको र १२÷१३ दिनमै कार्यक्रममा भाग लिन थालेको उहाँले स्मरण गर्नभयो । 

प्रधानमन्त्रीले नेपालीहरुमा पुर्खाबाट आएको आनुवंशिक ज्ञानका आधारमा नव प्रतिभाहरुबाट  विज्ञानका  ठूला अनुसन्धान हुनसक्ने समेत बताउनुभयो  । परापुर्व कालमा औषधि विज्ञानका क्षेत्रमा महर्षी चरकको असाधारण योगदान, सल्यचिकित्साको क्षेत्रमा श्रुषुत संहिताको विकास भएको समेत उहाँले उल्लेख गर्नुभयो । पुरै विश्व खगोलबारे अन्धकारमा हुँदा तारा नक्षत्र आदि गनेर तिनका गति पत्ता लगाउने आदि गणितज्ञ भाष्कराचार्यले गरेको योगदान समेत उल्लेख गर्दैै प्रधानमन्त्रीले नेपाली प्रतिभा प्रष्फुटनका लागि थुपै स्थान बाँकी रहेको पनि उहाँले बताउनुभयो । 

विज्ञान प्रविधिकै माध्यमबाट देशमा जमिनको उत्पादकत्व वृद्धि गर्नुपर्ने धारणा उहाँको थियो । ‘सन् १९७०को दशक सम्म अन्न उत्पादन नहुने भएकोले एक छाक मात्रै अन्न खाने इजरायल अहिले अन्न निर्यातक देश भएको छ, र त्यहाँ कामगर्दै सिक्दै गरेका नेपाली युवा फर्केर यहाँ नमुनायोग्य काम गरिहेका छन्’।  
हामीकहाँ इजरायलमा भन्दा धेरै गर्न सकिने गरी तीनै खालको मौसम रहेको उल्लेख गर्दैै उहाँले यसका लागि आत्मविश्वास पैदा गर्नु जरुरी रहेको समेत प्रधानमन्त्रीले बताउनुभयो । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको विज्ञान प्रविधि क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत २०७७ सालको नास्ट प्रकृति संरक्षण पुरस्कार, विश्व वन्य जन्तु कोष नेपाललाई र नवप्रवर्तनको नयाँ उचाईमा प्रबर्धन गरे बापत सोही वर्षको कुलपति राष्ट्रिय नवप्रर्तन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्नुभएको थियो । 

यसै गरी उहाँले  हिमाली क्षेत्रमा जलवायु प्रभावबारे सफल अनुसन्धान गरेबापत उत्तमबाबु श्रेष्ठ लाई विज्ञान प्रविधि पुरस्कार तथा  कोभिड सम्बन्धी विशेष अनुसन्धानका लागि शुक्रराज ट्रपिकल अस्पतालका शेरबहादुर पुन  उपत्यकको  भूमिगत जल संचयबारे अनुसन्धानका लागि भेषराज थापा, कोभिड एन्टीबडीसम्बन्धी अनुसन्धानका लागि सुनिता गौतमलाई विज्ञान पुरस्कार प्रदान गर्नुभएको थियो  । 

कार्यक्रममा डा आनन्द मिश्रलाई  धानको भुसबाट विशेष मल तयार गर्ने प्रविधि विकास गरे बापत,  डा अनुपमान श्रेष्ठलाई  बालिरोग नियन्त्रणमा जैविक विषादी सम्बन्धी अनुसन्धान गरेबापत र  डा सागर रेग्मीलाई क्यान्सर र व्यायमको अन्तरसम्बन्ध सम्बन्धी अनुसन्धानका लागि विज्ञान पुरस्कार प्रदान गरिएको थियो । यसैगरी  महिला विज्ञान पुरस्कार डेंगुरोगकाृ फैलनमा तापक्रमको भुूमिकाबारेको अनुसन्धानका लागि रेश्मा तुलाधरलाई प्रदान गरिएको थियो ।

विद्यालयमा विज्ञान शिक्षाको प्रवर्धन गरेबापत राजधानीको ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनलाई समेत पुरस्कार प्रदान गरिएको थियो । यसै गरी खगोल विधा र स्पेस रोबोटिकका लागि मनिषा द्वार, विज्ञान पत्रकारिताका लागि गोविन्द प्रसाद पोखरेललाई विज्ञान पुरस्कार प्रदान गरिएको थियो ।