काठमाडौं । यूवापुस्ता माझ चर्चित गायिका वर्तिका एम राई र गायक युगल गुरुङले विवाह गरेका छन् । शुक्रबार ललितपुरको मानभवनस्थित क्रिस्टल ब्यांक्वेटमा परम्पराअनुसार यो सांगीतिक जोडीले विवाह गरेका हुन् ।
सुमधुर स्वरकी धनी वर्तिका र युगल केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । गत असोज २४ गते यी दुईले इन्गेजमेन्ट गरेका थिए ।
वर्तिकाका ‘विम्बाकाश-नजिक’ र ‘तरल’ गीत युवापुस्तामाझ निकै रुचाईएको गीत हो । युगल ‘हामी’ नामक ब्याण्डका ड्रमर हुन् ।