२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय संयन्त्रको बैठक: रास्वपालाई सरकारमा आउन आग्रह



अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुनः सरकारमा सहभागी हुन आग्रह गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा ल्याउने बारे पनि छलफलको एजेन्डा बनेको बताइएको छ । बैठकमा रास्वपा अध्यक्ष रवि लामिछानेले कुनै जवाफ नदिएको बताइएको छ । सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

बैठकमा एमाले अध्यक्ष ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सहाभागी हुनुहुन्थ्यो । जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता बैठकमा उपस्थित थिएनन् ।

आजको बैठकमा सरकारको पूर्णता र राष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको थियो ।