२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनाशकारी भूकम्पपछि टर्की र सिरियालाई लियोनेल मेस्सीद्वारा ३५ लाख युरो सहयोग



अ+ अ-

काठमाडौँ । फुटबल खेलाडी लियोनल मेस्सीले सिरिया र टर्कीमा ३५ लाख युरो बराबरको मानवीय सहायता वितरण गरेका छन् ।

टर्कीका सञ्चारमाध्यमका अनुसार उनले आफ्नो फाउण्डेशन ‘लियो मेस्सी फाउन्डेसन’ लाई भूकम्प पीडितका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

लियो मेस्सी फाउन्डेसन एउटा पारिवारिक फाउन्डेसन हो जसले विश्वभरका बालबालिकाको स्वास्थ्य र शिक्षाको ख्याल राख्छ र लियोका जेठा भाइ म्याटियासले युनिसेफसँगको साझेदारीमा गतिविधिहरू आयोजना गर्छन्।

टर्कीमा सोमबारको भूकम्पबाट टर्की र सिरियामा मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ ।

स्थानीय समय अनुसार सोमबार बिहान ४ बजेपछि ७.८ म्याग्निच्युडको भूकम्प गजियनटेप प्रान्तको नुरदागीबाट २३ किलोमिटर पूर्वमा २४.१ किलोमिटर गहिराइमा रहेको थियो ।