२१ असार २०८३, आईतवार
,
Latest
मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा इतर खेका नेताहरु छलफलमा जुट्दैँ, साझा उम्मेदवार तय गर्ने प्रयास



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा इतर खेमाबाट पार्टी नेतृत्व लिन आकाक्षीहरु एकै ठाउँमा छलफल गर्दै छन् ।

पौडेल खेमाबाट अगिल्लो महाधिवेशनमा देउवा खेमामा पुग्नु भएका नेता अर्जुन नरशिंह केसीको अगुवाईमा सभापतिका आकाक्षीहरु छलफल गर्न लागेका हुन् । शुक्रबार अपराह्न चार बजे हुने भनिएको छलफलमा भरसक देउवा बिरुद्ध साझा उम्मेबार तय गर्न प्रयास गरिने एक नेताले जानकारी दिनुभयो । 

पार्टी नेतृत्वको लागि सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह, कृष्ण सिटौला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिने बताउनु भएको छ । कांग्रेस महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा हुँदैछ ।