२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरपालिकाले मेटाएको चित्रको फोटो फ्रन्टलाइनरहरूलाई हस्तान्तरण (भिडियो सहित)



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको समयमा अग्रमोर्चामा खटिएकाहरुको सम्मानमा बनाएको चित्र उनिहरुको संस्थालाई हस्तान्तरण गरिएको छ । रत्नपार्कको आकाशेपुलको भित्तामा बनाएको चित्रको फोटो अग्रपंक्तिमा खटिएका संस्थाका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो । 

पुनः चित्र बनाउन माग गर्दै काठमाडौं महानगरपालीकाको ध्यानकर्षण गराए पनि महानगरपालीकाले स्वीकृत नदिएपछि चित्रनिर्माणको संयोजन गर्नुभएका दुजाङ शेर्पाले नेपाल प्रहरी, नेपाल चिकित्सक सघ, नेपाल पत्रकार महासघलाई हस्तान्तरण गर्नुभयो । चित्रमा कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका चिकित्सक, प्रहरी, स्वयंसेवी, पत्रकार, शव व्यवस्थापक, सफाइकर्मीको सम्मान मा चित्र बनाईएको हो ।  

६ दिन लगाएर कलाकारहरु दुजाङ शेर्पा सांगे थिन्ले लामा, किपा शेर्पा, सुमिना श्रेष्ठले चित्र तयार गर्नुभएको थियो । चित्र निर्माण संयोजन गर्नुभएका दुजाङ शेर्पाले भन्नुभयो, “ भित्तामा हाम्रो चित्र र सन्देश मेटाए पनि मनमा त मेट्न सक्दैनौं । आज उपहार स्वरूप  समर्पित यो चित्र हामीले हस्तान्तरण गरेका छौँ । उपहार लिँदा निकै खुसी र महानगरले मेट्दा एकदम दुःखी हुनु भएको गुनासो सुनाउनु भयो र हाम्रो समुहलाई धेरै धन्यवाद दिनुभयो र हामीलाई हाम्रो कर्ममा सन्तुष्ट महशुस भयो।