२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरपालिकाले मैतीदेवी प्रहरी बिटमा चलायो डोजर



अ+ अ-

काठमाडौँ । मैतीदेवीचोकस्थित प्रहरी बिटमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । महानगर प्रहरी मंगलबार दिउँसो पुगेर बिट हटाउन आग्रह गरेपछि प्रहरीले बिटमा रहेका सामान सारेका थिए ।

प्रहरीले सामान सारेलगत्तै सडक र फुटपाथ मिचेर बनाइएको बिटमा महानगरपालिकाले डोजर चलाएको हो । महानगर प्रहरीले प्रहरी बिट अर्को ठाउँमा व्यवस्थापन गरिने जानकारी दिएको छ ।