२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलको बैठक बस्न ढिलाई, नेपाल पक्षका सदस्यहरू कोटेश्वरमा



अ+ अ-

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको आज बस्ने भनिएको बैठक ढिलाइ भएको छ । कार्यदलका नेपाल पक्षका सदस्यहरू वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

बैठकका लागि सिंहदरबार आइसकेका कार्यदलका सदस्य त्यहाँबाट एकसाथ कोटेश्वरतर्फ लागेका हुन् । उनीहरु ओली पक्षका सदस्यलाई एक घन्टापछि आउने भनेर गएको एमाले स्रोतले बताएको छ । ओली पक्षका कार्यदल सदस्यहरु भने सिंहदरबारमै बसेका छन् ।

एमाले कार्यदलको हिजो बसेको बैठकले पार्टी एकताको अनौपचारिक सहमति गरेको थियो । सहमतिको मस्यौदालाई अन्तिम रूप दिन आज बैठक बस्न लागेको हो ।

तर नेता नेपाल भने पावर सेयरिङमा कुरा नमिलेसम्म एकताको पक्षमा छैनन् । नेपाललाई मनाउनका लागि कार्यदलका सदस्यहरु कोटेश्वर गएका हुन् ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए ।