२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलको बैठक बस्न ढिलाई, नेपाल पक्षका सदस्यहरू कोटेश्वरमा



अ+ अ-

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको आज बस्ने भनिएको बैठक ढिलाइ भएको छ । कार्यदलका नेपाल पक्षका सदस्यहरू वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

बैठकका लागि सिंहदरबार आइसकेका कार्यदलका सदस्य त्यहाँबाट एकसाथ कोटेश्वरतर्फ लागेका हुन् । उनीहरु ओली पक्षका सदस्यलाई एक घन्टापछि आउने भनेर गएको एमाले स्रोतले बताएको छ । ओली पक्षका कार्यदल सदस्यहरु भने सिंहदरबारमै बसेका छन् ।

एमाले कार्यदलको हिजो बसेको बैठकले पार्टी एकताको अनौपचारिक सहमति गरेको थियो । सहमतिको मस्यौदालाई अन्तिम रूप दिन आज बैठक बस्न लागेको हो ।

तर नेता नेपाल भने पावर सेयरिङमा कुरा नमिलेसम्म एकताको पक्षमा छैनन् । नेपाललाई मनाउनका लागि कार्यदलका सदस्यहरु कोटेश्वर गएका हुन् ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए ।