काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु कोटेश्वरबाट फर्किएसँगै एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ ।
बैठक अघि माधव नेपाल पक्षका कार्यदल सदस्यहरु नेपाल निवास कोटेश्वरमा छलफलका लागि पुगेका थिए ।
सो छलफलबाट उनीहरु फर्किएसँगै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको हो ।
दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक अबेर सुरु भएको छ ।
यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आज औपचारिक घोषणा हुने नेताहरुले दावी गरेका थिए ।