२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा शक्तिशाली भूकम्प, २३७ भन्दा बढीको मृत्यु



अ+ अ-

अंकारा । टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको खबर प्राप्त भएको छ । भूकम्प टर्कीको पूर्वमा रहेको गाजियनटेप प्रान्तको नूरदागीमा गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पपछि मध्य टर्कीमा लामो समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो।

पहिलो भूकम्प पछि ६.७ म्याग्निच्युडको अर्को भूकम्प ९(९ किलोमिटर टाढा गएको थियो । पछिल्लो भूकम्प ११ मिनेटपछि गएको थियो । यस भूकम्पका कारण हालसम्म टर्की र सिरियामा २३७ भन्दा बढीको मृत्यु भइसकेको छ ।

टर्कीको कहरामनमारसमा गएको यस भूकम्पका कारण ठूलो विष्फोट भएको थियो र आगोका उच्च ज्वालाहरु उठ्न थालेका थिए । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्प स्थानीय समय अनुसार बिहान ४ः१७ बजे गएको थियो ।

राजधानी अंकारालगायत टर्कीका अन्य सहरमा पनि धक्का महसुस गरिएको थियो । भूकम्पका कारण टर्कीको एउटा सपिङ मल पनि भत्किएको छ । प्यालेस्टाइन र इजरायलको बीचमा रहेको गाजा पट्टीमा पनि करिब ४५ सेकेन्डसम्म भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।

केही मिनेटपछि अर्को भूकम्प आयो । यस भूकम्पका कारण सिरियामा धेरै भवनहरू पनि भत्किएका छन् । मस्जिद भित्रबाट आएको तस्विरमा पनि झूमर र वरपरका स्तम्भहरू हल्लिरहेको देखिन्छ।

टर्कीको विपत् एजेन्सीले अहिलेसम्म ४४० जना घाइते भएको र उनीहरुलाई भग्नावशेषबाट बाहिर निकाल्ने काम भइरहेको जनाएको छ । राहतकर्मी र नागरिकहरूले भग्नावशेषमुनि आफ्ना प्रियजनको खोजी गरिरहेका छन्।

यस भूकम्पका कारण सिरिया र टर्की दुवैलाई ठूलो क्षति पुगेको छ । कङ्क्रिट र धातुको भग्नावशेषबाट दर्जनौँ मानिसलाई निकाल्ने काम भइरहेको छ ।

केही व्यक्तिहरू आंशिकरूपमा भत्किएका अपार्टमेन्टहरूमा फसेका छन्। यी भवनहरू खतरनाकरुपमा झुकेकाले फसेका मानिसलाई छिट्टै बाहिर निकालिएन भने ठूलो दुर्घटना हुनसक्छ ।

जीएफजेड हेल्महोल्ट्ज सेन्टर पोट्सडैमका अनुसार यस भूकम्पका कारण धेरै अपार्टमेन्टहरू भत्किएका छन्। यसमा धेरै मानिसहरु गाडिएको हुनसक्ने आशंका छ । यसपछि सिरिया, इजरायल, लेबनान, इराक, इजरायल, प्यालेस्टाइन, साइप्रसमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

सामाजिक सञ्जालमा आइरहेका भिडियोमा भूकम्पका कारण भवनहरू कस्ता छन् भन्ने प्रष्ट देख्न सकिन्छ ।