काठमाडौं । हाँस्यकलाकार सुरेन्द्र केसी ‘मुलासाग’ सहित ७० जना नेपाली कांग्रेसमा प्रवेस गरेका छन् । नेकपा एमाले पार्टी परित्याग गरी ७० जना कलाकर्मीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
शनिबार पार्टी सभापती शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा सभापति देउवाले ७० जना कलाकारहरुलाई पार्टी प्रवेश गराएर सदस्यता प्रदान गरेका हुन् ।
काँग्रेस प्रवेश गर्नेमा गायक राई, मेनुका भुजेल, गंगाराज राई, प्रमेबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्र कुमारी राई, कमल कुमार राई, दिपेश कुमार बान्तावा र दिपेनकुमार बान्तावा, आङ्गारिक शेर्पा, उद्देश्य राई, अजय राई, श्रीकृष्ण खड्का, विजय कुँवर, प्रदीप राई, सगुन मगर, अमिर बुढाथोकी, रामबहादुर विश्वकर्मा, विरुबहादुर विश्वकर्मा, अस्मिता मगर, प्रदीप बुढाथोकी, गणेश दशारा रहेका छन् ।
यस्तै यसअघि कुनै पार्टीमा नरहेका हाँस्यकलाकार महादेव त्रिपाठी जादुगर र मिलनकुमार श्रेष्ठले पनि काँग्रेसको सदस्यता लिएका छन्।
पार्टी प्रवेश कार्यक्रमा काँग्रेसको नेपाल सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापा,महामन्त्रीद्वय शिवशंकर रिजाल जोगिन्दरु र रोशन केसीको सहभागिता रहेको थियो । नेपाल सांस्कृतिक संघ समन्वयमा उनी काँग्रेस प्रवेश गरेका थिए ।