एजेन्सी । कोपा अमेरिका २०२१ फुटबल ट्रफिका लागि अहिले ब्राजिल र अर्जेन्टिनाले प्रतिस्पर्धा गर्दैछन् ।
ब्राजिलको माराकाना मैदानमा जारी खेलमा पहिलो हाफ सकिँदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ ।
खेलको २२ औं मिनेटमा एंगेल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।