२१ असार २०८३, आईतवार
,
Latest
३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय चोरले लुटेका भैँसी सशस्त्र प्रहरीले फिर्ता ल्यायो



अ+ अ-

कञ्चनपुर । सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँँडी गाउँपालिका–५ बाट लुटेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैँसी आज फिर्ता ल्याएको छ । नेपालको सीमाबाट आठ किलोमिटर टाढा भारतको जिल्ला पिलिभित टाटरगञ्ज, ग्राम पञ्चायत शारदा नदीको धुलिया पलियाघाटबाट भैँसी फिर्ता ल्याइएको हो ।

भारतीय चोरले भैँसी चोरेर लगेको जानकारी पाउनासाथ बोर्डर आउटपोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमाण्डमा रहेको १० जनाको टोली, झिलमिलाबाट प्रहरी नायब निरीक्षक रामबहादुर बोहराको कमाण्डमा तीन र भैँसीवाला स्थानीयवासीसहितको टोलीले भारतीय सुरक्षाकर्मीको सहयोगमा भैँसी फिर्ता ल्याएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताउनुभयो ।

“चोरी गरिएकामध्ये १२ वटा भैँसी चोरहरुले लग्दै गरेको अवस्थामा फेला पारेका छौँ”, उहाँले भन्नुभयो, “एक भैँसी फेला पर्न सकेको छैन । चोरीमा संलग्न भने फरार भएका छन् ।” भारतीय टाटरगञ्ज ग्राम पञ्चायतका प्रधान सतननाम सिंहले समेत भैँसी फिर्ता ल्याउन सहयोग गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै रहेको सीमास्तम्भ नम्बर ७८८७ बाट भारतीय पाँच जनाको समूहमा रहेका चोरले भैँसी चराइरहेका शिवराज उपाध्यायका छोरा १७ वर्षीय अरुण उपाध्यायलाई डर त्रास देखाई शुक्रबार १३ वटा भँैसी भारततर्फ लगेका थिए ।

भारतबाट फिर्ता ल्याइएका भैँसीमा शङ्कर थापाका दुई, नवराज कठायतको एक, गोमा रावतको दुई, चन्दबहादुर रावतको पाँच र तेजबहादुर रावतका दुई रहेका छन् । शिव उपाध्यायको एक भैँसी फेला पर्न सकेको छैन । सम्बन्धित व्यक्तिलाई भैँसी बुझाइएको सशस्त्र प्रहरीको भनाइ छ ।