२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले भएको प्रमाण पेश गर्न ओलीका साथमा गएँः वामदेव गौतम



अ+ अ-

काठमाडौ ।  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू एमाले भएको प्रमाण पेश गर्न अध्यक्ष केपी ओलीको पक्षमा गएको बताउनु भएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा नेता गौतमले पार्टी भित्रको विवाद मिलाउन र आफू एमाले भएको प्रमाण दिन ओलीको साथमा गएको बताउनु भयो । 

उहाँले भन्नुभयो "ठुलो घरको ठुलै चहल पहल हुदो रहेछ , राम्रो हुदाँ पनि राम्रो हुने भत्कँदा पनि भद्रगोल हुने अवस्था रह्यो ।"  

उहाँले नेताहरुले गर्न हुने नहुने काम गर्दाको परिणाम सन्तान दरसन्तान ले समेत भोग्नु पर्ने भन्दै अराजनीतिक क्रियाकलाप भएको टिप्पणी गर्नुभयो । 

उहाँले सबैतर्फबाट एकपछि अर्को ऐन नियम कुल्चँदै गरेको अवस्थाले शिर निहु¥याउने अवस्था आएको बताउनु भयो ।  

नेता गौतमले केही समय अघि अध्यक्ष ओलीले २०७५ जेष्ठ २ को बैठक बोलाएको र आफू त्यसमा गएको स्पष्ट पार्दे  भन्नुभयो केही साथीहरुले  वामदेव केपीतिर गयो भने , केपीतिर होईन एमालेमा गएको हुँ । नेता गौतमले  कतिपयले आफनो समुहमा दुःख प्रस्ताब पनि पारित गरेको उल्लेख गर्दे त्यसमा आफूलाई कुनै दुःख नलागेको बताउनु भयो  । 

उहाँले जुन भूमिका निर्बाह गर्न गएको थिए त्यो जिम्मेबारी नपाएपनि एमाले एकता हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो "सर्वोच्च अदालतको निर्णय  आएपछि एमाले एक हुन्छ । त्यो भन्दा अघि सम्भावना कम देख्छु तर हुँदा राम्रो ।"