२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर यु रेडि टु वीन द साफ ? साफ जित्नुहुन्छ भने हामी आयोजना गर्न तयार छौंः प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेप्टेम्बर दोस्रो सातालाई तय भएको साफ च्याम्प्यिनसिप आयोजनाको प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार खेलाडी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडी र सम्बन्धीत निकायहरु प्रतियोगिताका लागि तयार भए सरकारले आयोजना गर्न सक्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले आयोजनाका लागि सबै तयार भए सरकार पनि तयार भएको बताउनुभयो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद (राखेप) र एन्फाका पदाधिकारीहरले साफ गर्न सक्ने बताएपछि प्रधानमन्त्रीले त्यसका लागि सम्पुर्ण प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो “साफ च्याम्प्यिनसिप बंगलादेशले आयोजना गर्ने भनेको नसक्ने भयो । नेपालमा गर्ने कि भनेर क्याप्टेनले भन्नुभयो । म तपाईहरुलाई सोध्न चाहन्छु । आर यु रेडि टु वीन द साफ ? तपाईहरु खेल्न तयार हुनुहुन्छ कि हुनुहुन्न होइन, आर यु रेडि टु वीन ? यु ह्याव टु वीन द साफ देन वी आर रेडि टु अर्गनाईज्ड द गेम ।”

बंगलादेशले प्रतियोगिता गर्न नसक्ने भनेपछि नेपालले आयोजनाका लागि इच्छा देखाएको छ । अब बंगलादेशले आयोजना नगरेको खण्डमा प्रधानमन्त्रीबाट प्राप्त निर्देशन अनुसार नेपालले नै आयोजना गर्ने सम्भावना बढेको छ ।

आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले दाबी गरेको छ । प्रतियोगिताका लागि सेप्टेम्बर १४ देखि २५ सम्मको समय निर्धारण गरिएको छ । बंगलादेशले कोरोनाको असर, मुख्य प्रायोजकको खडेरी र बंगबन्धु रंगशालाको पुनर्निमाण यसैबर्ष गर्नुपर्ने भएकाले प्रतियोगिता आयोजना गर्न नसक्ने बताईसकेको छ । बंगलादेशले प्रतियोगिता आयोजनाबाट हात झिकेपछि नेपालसँगै श्रीलंकाले पनि साफ आयोजनामा दाबी गरेको छ । नेपाललाई आयोजना गर्न ठूलो रकम आवश्यक पर्ने भएकाले सहयोग गर्न नेपाली टोलीका कप्तान किरण चेम्जोङले कार्यक्रममा सरकारसँग अपिल गर्नुभयो ।

गत वर्ष नै बंगलादेशले आयोजना गर्ने भनिएको प्रतियोगिता कोरोना माहामारीका कारण एक वर्ष पछि धकेलिएको थियो । प्रधानमन्त्री ओलीले दशैंको बेलामा प्रतियोगिता हुने भएकाले खेलाडीलाई उपाधि उचाल्दै दशै मनाउने लक्ष्य सहित तयार गर्न आग्रह गर्नुभयो ।

पछिल्लो पटक नेपालले सन २०१३ मा दशरथ रंगशालामा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । घरेलु रंगशालामा आयोजना गर्दा नेपालले अन्तिम चार सम्मको यात्रा तय गरेको थियो भने पछिल्लो पटक सन २०१८ मा बंगलादेशमै आयोजना हुँदा पनि नेपाल सेमिफाइनल पुगेको थियो । हालै मात्र नियुक्त भएका कुवेतका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको लक्ष्य राखेर अहिले ५० प्रारम्भिक खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर अभ्यास गराइरहेका छन् ।