२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारूलाई मात्र अपराधी देख्ने सरकारलाई हाम्रो समर्थन नचाहिने रहेछ: रन्जिता श्रेष्ठ चौधरी



file photo
अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले थारूलाई मात्र अपराधी देखेको आरोप लागाएकी छिन् । विहिवार पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेपछि रन्जिताले यस्तो अभिव्यक्ति दिएकी हुन् ।

रन्जिताले सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै सरकारलाई आफूहरुको समर्थन नचाहिएको बताएकी छन् । ‘अपराधी थारूलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिदैन रहेछ’,उनले लेखेकी छन् ।

कैलाली क्षेत्र नं २ बाट निर्वाचित चौधरीले ट्र्याक्टरमा आगो लगाएको आरोपमा बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको थियो । उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।