२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले एकताबारे घनश्यामले किन गरे यस्तो दावि, के एमालेमा होला त एकता ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले वार्तामा खासै प्रगति नभएको बताएका छन् । पार्टीको विवाद समाधान गर्न गठित कार्यदलको बैठक चलिरहेको समयमा अर्थ मन्त्रालयबाट बाहिरिएका नेता भुसालले यस्तो दावि गरेका हुन् । 

कार्यदल बैठक चलिरहेको समयमा बाहिरिएका उनि बैठक स्थलमा प्रवेश गर्दै गर्दा भुसालले वार्तामा खासै प्रगति नभएको बताए । ‘हिजो जहाँ थियो आज पनि त्यही छौं’ भुसालले भने ।

दिउसो माधव नेपालसँग परामर्श गरेका भुसालले कार्यदलको बैठक जारि रहेपनि कुनै प्रगती नभएको बताएका हुन् । विहान सवा ९ बजेदेखि बसिरहेको कार्यदलको बैठकबाट बाहिरिएका अर्थमन्त्री विष्णु पौडेल पनि पुनः बैठक स्थलमा पुगेका छन् ।

कार्यदलको बैठकलाई देखाएर एमाले स्थायी कमिटी बैठक भोलिसम्मको लागि स्थगित गरिएको महासचिव इश्वर पोखरेलले जानकारी गराएका छन् ।