२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा १० बुदे सहमति (मस्यौदासहित)



अ+ अ-

काठमाडौं । नेकपा एमाले भित्रको अन्तरकलह मिलाउने जिम्मा पाएको कार्यदलले पार्टी भित्रको एकता कायम गर्न सकिने १० बुँदे प्रस्तावमा सहमति जुटाएको छ । एक हप्ता देखि निरन्तर बसेको कार्यदलको बैठकले पार्टीको एकता कायम गर्न २०७५ जेठ २ गतेको केन्द्रिय समिति कायम रहने मुख्य सहमतिको प्रस्ताव गरेको छ ।

यसको साथै सर्वोच्च अदालतले नेकपा खारेज गरि नेकपा एमाले र नेकपा माओबादी केन्द्र बनाए पछि पार्टीको नाममा भएका सबै निर्णय खारेज गर्ने प्रस्तावमा सहमति भएको छ । यसका साथै दुई पार्टी भएपछि नेकपा एमालेमा नै रहेका नेकपामाओबादी केन्द्रका नेताहरु नेपाल कम्युनिष्ट पार्टीमा रहँदाको पद र हैसियतमा रहने गरि प्रस्ताव गरिएको छ । 

यस्तै सर्वोच्चमा विचाराधीन मुद्दालाई अशर गर्ने गरि कुनैपनि क्रियाकलाप वा अभिव्यक्ति नदिने प्रस्ताव पनि १० बुँदे सहमतिमा गरिएको छ । यो सहमतिको प्रस्तावलाइ दुवै शिर्ष नेताहरुलाई दिएर भोलिको स्थाई समितिको बैठकमा पेश गर्ने बताइएको छ । 

बिहान ९ बजे देखि बसेको बैठक लगातार १३ घण्टा बसी १० बजे सकिएको थियो ।