१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै



अ+ अ-

काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ ।

नयाँ सरकार गठन भएयता अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल , परराष्ट्रमन्त्री डा बिमला राई पौडेलसंग सिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सोमबार दिउँसो उहाँले पत्रकार सम्मेलन गरेर आफ्नो भ्रमणबारे जानकारी दिने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।