काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलका सदस्यले वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यदलस्तरमा भएको १० बुँदे सहमति बुझाएको छ ।
कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपालसमक्ष उक्त पत्र पेश गरेका हुन् ।
कार्यदलले आइतबार राति पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो । कार्यदलमा जुटेको सहमतिपत्र सोमबारनै अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको छ ।
सोमबार भीम रावल बालुवाटार पुगी ओलीलाई सहमतिपत्र बुझाएका थिए ।