२१ असार २०८३, आईतवार
,
Latest
सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानले नेपालसहित एसियाली देशलाई १ करोड बढी खोप दिने घोषणा



अ+ अ-

काठमाडौं । जापानले कोभ्याक्स कार्यक्रममार्फत् नेपालसहितका एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ । जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले मंगलबार अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप नेपालसहितका मुलकलाई अनुदानमा दिने घोषणा गरेका हुन् ।

उनले गरेको घोषणा अनुसार कोभ्याक्स कार्यक्रममार्फत् नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस र श्रीलंकाका साथै विभिन्न प्यासिफिक द्वीपका राज्यहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदास्वरुप उपलब्ध गराइने छ ।

जापानले अहिले घोषणा गरेअनुसारको खोप जुलाई महिनाभित्र पठाइने विदेशमन्त्री मोटेगीले बताएका छन् । मोटेगीले इन्डोनेसिया, ताइवान र भियतनामलाई पनि १०र१० लाख डोज कोरोना खोप उपलब्ध गराइन लागेको बताएका छन् । उनका अनुसार बिहीबार उक्त डोज खोप सम्बन्धित मुलुकमा पठाइनेछ । (एजेन्सीको सहयोगमा)