काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का नेता राज किशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आफूहरूले विश्वासको मत दिएर सरकार गठनमा समर्थन जनाउँदा पनि सोही अनुसारको व्यवहार नभएको उनले आरोप लगाए ।
प्रतिनिधि सभाको शनिबारको बैठकमा उपसभामुख निर्वाचनका लागि सत्ता गठबन्धनकी उम्मेदवार इन्दिरा रानालाई समर्थन जनाउँदै जसपा सांसद यादवले प्रधानमन्त्री दाहालले पटक पटक मधेससँग आफ्नो लभ परेको बताए पनि लगनगाँठो कांग्रेससँग र बिहे अर्कैसँग गरेको बताए ।
यादवले भने– ‘प्रचण्ड जीले लभ मधेससँग गर्छु भन्नुभयो । तर लिभिङ टुगेदर कांग्रेससँग र बिहे एमालेसँग गर्नुभयो ।’