• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   न्यायपालिकाको सुदृढिकरणका लागि सरकार प्रतिवद्ध: प्रधानमन्त्री ★   टी–२० विश्वकपअघि नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने ★   विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने: राष्ट्रपति पौडेल ★   एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी ★   ‘मनाङको विकासमा ठेकेदारको लापरवाही’ ★   नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ ★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

प्रधानमन्त्रीको चुनावमा नाटक देखियो: चित्रबहादुर केसी



काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले प्रधानमन्त्रीको चुनावमा नाटक देखिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उहाँले लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षी हुने भए पनि प्रधानमन्त्रीको चुनावमा नाटक देखाएको बताउनुभयो ।

संसद्‍मा सत्तापक्ष र प्रतिपक्षी हुन्छ भन्दै उहाँले तर प्रधानमन्त्रीको चुनावमा नेपाली कांग्रेस प्रतिपक्षमा भए पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएर नाटक देखाएको बताउनुभयो ।

चुनावमा गरिएका वाचा दल र नेताहरूले बिर्सिएर गठबन्धन बनाएको भन्दै अध्यक्ष केसीले नेपालको लोकतन्त्र धराप परेको र यसलाई बचाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले सभामुख पदमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जे भए पनि जस्तो भए पनि छातीमा मुड्कीले हानेर ईश्वरीलाई समर्थन गर्छौं ।”